(एक सय चार वर्ष लामो इतिहास बोकेको राणाशासनकालका अन्तिम प्रधानमन्त्री श्री ३ मोहन शम्शेर जंगबहादुर राणाका नाति तथा विजयशम्शेर जबरा र रानी सरला कुमारी राज्यलक्ष्मीका सुपुत्र एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबरासँग देशको विगतदेखिको वर्तमान राजनीतिक परिदृश्य र वर्तमान सरकारको गतिविधि लगायतका विषयमा गरिएको कुराकानीको आधारमा तयार पारिएको आलेखको पहिलो भाग)
मेरो बाल्यकाल अभूतपूर्णरुपले बित्यो
पशुपतिशम्शेर जबरा अर्थात् समकालीन नेपाली राजनीतिका हस्ति । उनको सम्बन्ध १०४ वर्षे लामो राणाशासनकालसँग जोडिन्छ, अन्तिम प्रधानमन्त्री श्री ३ मोहनशम्शेर जंगबहादुर राणाका नाति तथा विजयशम्शेर जबरा र रानी सरलाकुमारी राज्यलक्ष्मीका सुपुत्रका रुपमा । उनको जन्म दरबारिया परिवारमा वि.सं.१९९८ साल वैशाख २५ गते अर्थात् सन् १९४१ मे महिनाको ७ तारिखमा भएको थियो । ‘काठमाडौंको लक्ष्मी निवास दरबारमा मेरो जन्म भएको थियो, मेरो बाजे लाठ्साब होइबक्सन्थ्यो– मोहनशम्शेर ।
उहालाई मैले आफैं त देख्न पाइन तर, भनेको सुनेको । राजपरिवारमा रोलवाला राणाको छोरा जन्मियो भने बढाइँ गर्ने चलन हुन्छ,’ पशुपतिले मुस्कुराउँदै प्रफुल्लित मुद्रामा भने– ‘त्यो बेला रोलवाला राणाको सन्तान जन्मि“दा नै बढाइँ हुन्थ्यो । त्यतिबेला बाजे लाठसाब होइबक्सनुहुन्थ्यो, त्यसपछि तेस्रोबाट दोस्रो तहमा सवारी होइबक्स्यो र त्यसपछि ४ वर्षसम्म महाराज रहिबक्स्यो ।’
फोटो– ध्रुव अधिकारी
करिब ७/८ वर्ष लक्ष्मी निवास दरबारमा आफ्नो बाल्यकाल बिताएका पशुपतिको परिवार बाजे मोहनशम्शेर प्रधानमन्त्री भएपछि सिंहदरबारमा सरेको थियो । त्योबेला बाहिर स्कूल जाने चलन थिएन, त्यसबेलाका ठाकुरप्रसाद शर्मा लगायतका बुद्धिजीविहरुले उहाँहरुलाई पढाउनुहुन्थ्यो । ती दिन स्मरण गर्दै पशुपति भन्छन्– ‘हामी १२/१५ जना थियौं, ठूलोबुवा लगायतका सबै छोराछोरीहरु हामीसँग बस्थ्यौं, खेल्थ्यौं । तीन सय रोपनीको ठूलो प्राङ्गण थियो ।’ यसैक्रममा हामीले सोध्यौं, बाल्यकालको यहा“को कुनै स्मरणीय पल बताइदिनुस् न ? उत्तरमा उनले भने– ‘धेरै कुरा छन्, एउटा कुराचाहिं म तपाईंहरुलाई बताऊँ ।
म २ वर्षजतिको थिएँ होला, नेपालमा हिँउ पर्यो । हिउ पर्नु अरुहरुलाई त के–के न भा’को जस्तो भएको थियो तर मेरो मुवा (मुमा) त, का“कडभिट्टाबाट यहा“ सवारी हुनुभा’थ्यो । मेरो मुवाले बगैंचामा लगेर हिउ“ खेलाउनुभएको थियो, एकअर्कालाई छ्यापेर, यसरी हिउ खेलियाथ्यो । यो सम्झिदा मलाई अनयुजल लाग्छ के अभूतपूर्व ।’ हामीले सोध्यौं, यहा“को कुनै समकालीन मित्र या साथीसखीहरु ? उनले भने– ‘सिद्धिमुनी डाक्टरको एकजना छोरा हुनुहुन्थ्यो, उहा“ अझै पनि हुनुहुन्छ । एकजना त बित्यो पनि । धेरैजसो त हामीहरु आफ्नै ठूलोबुवाको छोराछोरीहरुस“गै खेल्थ्यौं, अरुहरु पनि खेल्न आउनुहुन्थ्यो, दरबारका विभिन्न मान्छेहरु आएर खेल्थे ।’
‘अहिलेकोजस्तो स्ट्रिक्ली अनुशासनमा राख्ने भन्ने त्यहाँ हुँदैनथ्यो, जुन अहिले छ । रमाइलो गर्ने भन्ने त छँदैछ । मैले त्यहाँ आफूले आफूलाई कसरी अनुशासनमा राख्ने भन्ने कुरा सिकें । पढ्न, तयारी गर्न, जाँच दिनुपर्छ भनेर कसैले प्रेसर दिंदैनथे, गर्दा गर्दै आफैंले गर्नुपर्ने के । बेलायतको पब्लिक स्कूलमा चाहिं असाध्यैं कठिन जीवन बिताउनुपथ्र्यो, खाना पनि रद्दी हुन्थ्यो, हिउँमा कट्टु लगाएर दौडाउँथ्यो के हामीलाई । अत्यन्तै मेहेनती र परिश्रमी जीवन बिताउनुपर्ने ।’
फोटो– ध्रुव अधिकारी
राणाकालमा नेपालको बेलायतसग प्रमुख सम्बन्ध थियो । अध्ययनका क्रममा १२ वर्षको उमेरमा उनी बेलायत गए । त्यहींबाट उनले पोलिटिक्स एण्ड ईकोनोमिक्स् विषयमा अक्सफोर्ड विश्वविद्यालयको न्यू कलेजबाट उच्च शिक्षा हासिल गरे । त्यसबखतको पढाइ सम्झँदै भन्छन्– ‘अहिलेकोजस्तो स्ट्रिक्ली अनुशासनमा राख्ने भन्ने त्यहाँ हुँदैनथ्यो, जुन अहिले छ । रमाइलो गर्ने भन्ने त छँदैछ ।
मैले त्यहा आफूले आफूलाई कसरी अनुशासनमा राख्ने भन्ने कुरा सिकें । पढ्न, तयारी गर्न, जाँच दिनुपर्छ भनेर कसैले प्रेसर दिंदैनथे, गर्दा गर्दै आफैंले गर्नुपर्ने के । बेलायतको पब्लिक स्कूलमा चाहिं असाध्यैं कठिन जीवन बिताउनुपथ्र्यो, खाना पनि रद्दी हुन्थ्यो, हिउमा कट्टु लगाएर दौडाउँथ्यो के हामीलाई । अत्यन्तै मेहेनती र परिश्रमी जीवन बिताउनुपर्ने ।’ यो शिक्षा आफूलाई अत्यन्तै काम लागेको उनको भनाइ छ । ‘यहा सम्मकि राजनीति गर्दा, गाउ“–शहर दौडधूप गर्दा पनि काम लाग्यो । किनकि त्यो बेला गाडीहरु हुदैनथे, आजै गएर आजै फर्कन त परको कुरा । गएपछि १५/२० दिनको लागि बन्दोबस्त मिलाएर जानुपथ्र्यो, हिडेर जानुपथ्र्यो ।’
‘२०२९ सालको मध्यतिर चुनाव प्रक्रिया सुरु भयोे, २०३० सालमा म चुनिएँ । जबकि, मोहनशम्शेर महाराजको पालासम्मै यहाँ परिवर्तनका धेरै रेखा आइसकेका थिए, त्यो मुकाबिला गर्नुपर्यो, बेलायतसँग प्रमुख सम्बन्ध थियो, बेलायतबाट हिन्दुस्तान पुनस्र्थापना भएपछि नवउदीयमान तत्कालीन हिन्दुस्तानी प्रजातन्त्रका बेला जवाहरलाल नेहरुसँग मोहनशम्शेरले डिल गर्नुपर्यो । यो ज्यादै असजिलो परिस्थतिमा उहाँले नेपाललाई एउटा ठूलो परिवर्तनतिर लादैगर्दा, किनकि त्यो बेला राजा त्रिभुवन भागेर बाहिर गइसकेका थिए
फोटो– ध्रुव अधिकारी
ठूलो क्रान्ति, नेपाली काँग्रेसको नेतृत्वमा भैरहेको थियो । मोहनशम्शेरको नेतृत्वमा भइरहेको वार्तालापमा मुख्यतः मेरो बुवा विजयशम्शेरले मुख्य भूमिका खेलिबक्स्याथ्यो । त्यसबेला नेपालले राणाशासनबाट राजासहितको प्रजातान्त्रिक व्यवस्थामा सुरक्षित अवतरण गर्यो । उहाँ (मोहनशम्शेर) पछिल्लो राणा महाराज पनि भइबक्स्यो र पहिलो प्रजातन्त्रको प्रधानमन्त्री पनि भइबक्स्यो । त्यसैले उहाँले जुन ढंगबाट त्यो परिवर्तनलाई म्यानेज गरिबक्स्यो, व्यवस्थापन गरिबक्स्यो, त्यो चाहिं मेरो विचारमा अत्यन्तै ठूलो देन हो जस्तो लाग्छ, देशका लागि ।’
जागिर खोसिएपछिको राजनीतिक जीवन
पशुपतिशम्शेरले बेलायतको अध्ययनपश्चात् नेपाल फर्केपछि राजा महेन्द्रको पालामा गृह र पञ्चायत मन्त्रालयमा सह–सचिवको रुपमा काम गरे । तर तत्कालीन प्रधानमन्त्री मरिचमान सिहंसँग वैचारिक मतभेद एवम् फरक मत राखेकै कारण उनको जागीर खोसियो । बेलायतमै अध्ययनरत रहँदा तत्कालीन युवराज वीरेन्द्रसँग उनको चिनजान एवम् राम्रो सम्बन्ध थियो । त्यसैले वीरेन्द्रले पटकपटक पशुपतिलाई राष्ट्रसेवामा लाग्नुपर्छ भनेर भन्ने गर्थे ।
तर, युवराज वीरेन्द्रको प्रस्तावमा असहमति जनाउँदै पशुपतिले भनेछन्– ‘अब म सरकारी जागिरे भएर काम गर्दिनँ ।’ तर पछि वीरेन्द्रकै आग्रहअनुरुप त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) भन्ने संस्था जसले, नेपालमा उच्च तहको अध्ययन–अनुसन्धान, कन्सल्टेन्सी र प्रशिक्षणको कामहरु गथ्र्यो, त्यहाँ डाईरेक्टरको रुपमा उनले काम गरे । त्यसबखत डा. प्रकाशचन्द्र लोहनी भने डेपुटी डाईरेक्टरको रुपमा काम गर्थे । त्योबेला सेडामा असाध्यै नाम चलेका नेपाली बुद्धिजीवि आबद्ध थिए, त्यसैले नेपालको बौद्धिक क्षेत्रमा उत्कृष्ट काम गर्न सफलभएको थियो ।
२०३० सालमा तत्कालीन राजा वीरेन्द्र राजाका पालामा पशुपतिशम्शेर राजनीतिमा पसे । ‘त्यो बेला अप्रत्यक्ष राजनीतिबाट आउनुपथ्र्यो, मलाई राजनीतिमा आउन ५ महिना लाग्यो,’ आफ्नो राजनीतिक जीवनको शुरुवातबारे उनी बताउँछन् । सुरुमा सिन्धुपाल्चोकको पाखर भन्ने गाउ“मा चुनाव लडेर उनी प्रधानपञ्च बने र यसको ३ महिनापछि जिल्लाको उपसभापति र त्यसको ५ महिनाभित्र भएको राष्ट्रिय पञ्चायतको चुनावमा उनी राष्ट्रिय पञ्चायत सदस्यको रुपमा चुनिए । तर राजनीतिमा आउने क्रममा उनी नेपालको समग्र राजनीतिक परवर्तिनसँग जोड्दै भन्छन्– ‘२०२९ सालको मध्यतिर चुनाव प्रक्रिया सुरु भयोे, २०३० सालमा म चुनिएँ ।
फोटो– ध्रुव अधिकारी
जबकि, मोहनशम्शेर महाराजको पालासम्मै यहाँ परिवर्तनका धेरै रेखा आइसकेका थिए, त्यो मुकाबिला गर्नुपर्यो, बेलायतसँग प्रमुख सम्बन्ध थियो, बेलायतबाट हिन्दुस्तान पुनस्र्थापना भएपछि नवउदीयमान तत्कालीन हिन्दुस्तानी प्रजातन्त्रका बेला जवाहरलाल नेहरुसँग मोहनशम्शेरले डिल गर्नुपर्यो । यो ज्यादै असजिलो परिस्थतिमा उहाँले नेपाललाई एउटा ठूलो परिवर्तनतिर लादैगर्दा, किनकि त्यो बेला राजा त्रिभुवन भागेर बाहिर गइसकेका थिए । ठूलो क्रान्ति, नेपाली काँग्रेसको नेतृत्वमा भैरहेको थियो ।
मोहनशम्शेरको नेतृत्वमा भइरहेको वार्तालापमा मुख्यतः मेरो बुवा विजयशम्शेरले मुख्य भूमिका खेलिबक्स्याथ्यो । त्यसबेला नेपालले राणाशासनबाट राजासहितको प्रजातान्त्रिक व्यवस्थामा सुरक्षित अवतरण ग¥यो । उहाँ (मोहनशम्शेर) पछिल्लो राणा महाराज पनि भइबक्स्यो र पहिलो प्रजातन्त्रको प्रधानमन्त्री पनि भइबक्स्यो । त्यसैले उहाँले जुन ढंगबाट त्यो परिवर्तनलाई म्यानेज गरिबक्स्यो, व्यवस्थापन गरिबक्स्यो, त्यो चाहिं मेरो विचारमा अत्यन्तै ठूलो देन हो जस्तो लाग्छ, देशका लागि ।’
तत्कालीन समयमा राजा त्रिभुवन तत्कालीन हिन्दुस्तानी दूतावास, हालको शितलनिवासमा शरण लिन पुगेका थिए । हिन्दुस्तानको सहयोगमा राजा त्रिभुवनलाई प्लेनमार्फत दिल्ली लगियो । तत्पश्चात् मोहनशम्शेरले नेपालमा भारदारीसभा राख्नुभएको थियो भने, त्यो सभाले राजा त्रिभुवनलाई अपदस्थ गर्यो । त्यसबखत राजा त्रिभुवनका दुई नातिहरु ज्ञानेन्द्र र धीरेन्द्र नेपालमा थिए । भारदारीसभाले ज्ञानेन्द्रलाई नयाँ राजाको रुपमा घोषणा गरेको थियो, जो पछि वि.सं.२०५८ सालमा राजा वीरेन्द्रको वंशनाशपश्चात् पुनः राजा भए । बालक राजाको राज्याभिषेकमा आफू र आफ्नो बाजे मोहनशम्शेरसँगै सरिक भएको सम्झदै उनी भन्छन्– ‘ज्ञानेन्द्र ३–४ महिना राजा हुनुहुँदा, हामी सिंहदरबारमा सँगै हुन्थ्यौं, उहाँसँग खेल्ने, हेर्ने जिम्मा चाहिं परिवारको तर्फबाट मैले पाएको थिएँ ।’
फोटो– ध्रुव अधिकारी
म १२ वर्ष हुँदा मेरो बुवा स्वर्गे हुनुभाको । मेरो बुवा असाध्यै कला भएको मान्छे हुनुहुन्थ्यो, उहाँ मेरो बाजेको मुख्य सल्लाहकार हुनुहुन्थ्यो । तत्कालीन राजा त्रिभुवनको पनि साथ, सहयोग लिएर.. उहाँको विपी कोइरालासित पनि राम्रो सम्बन्ध थियो, उहाँ पहिलो राजदूत हिन्दुस्तानमा होइबक्स्यो । उहाँ पनि बाँच्या र त्रिभुवन महाराजधिराज पनि बाँच्या भए, सायद उहाँ प्रधानमन्त्री पनि होइबक्सिन्थ्यो होला । उहाँको नेपालबारे ठूलो सपना थियो के, यसलाई परिवर्तन गरुँ, यहाँको जनताको उपकार गरुँ भन्ने । उहाँ स्वर्गे भएपछि म राजनीतिमा जान्छु भनेर १२ वर्षमै तयार ग¥याथेँ । उहाँको अधुरो सपना म पूरा गर्छु भन्ने मेरो अठोट थियो, त्यसैले म राजनीतिमा लागेँ ।’
यसैमा हामीले जोड्यौं, यहाँ त राजनीतिक पृष्ठभूमि भएको व्यक्तित्व, राजनीतिक प्रेरणा त परिवारबाट नै पाउनभयो होला नि ? उनले यसको जवाफमा यसरी दिए– ‘अब पारिवारिक त होला है ? अब राजनीतिक संस्कार त किन नहुनु ? म १२ वर्ष हुँदा मेरो बुवा स्वर्गे हुनुभाको । मेरो बुवा असाध्यै कला भएको मान्छे हुनुहुन्थ्यो, उहाँ मेरो बाजेको मुख्य सल्लाहकार हुनुहुन्थ्यो । तत्कालीन राजा त्रिभुवनको पनि साथ, सहयोग लिएर.. उहाँको विपी कोइरालासित पनि राम्रो सम्बन्ध थियो, उहाँ पहिलो राजदूत हिन्दुस्तानमा होइबक्स्यो ।
फोटो– ध्रुव अधिकारी
उहाँ पनि बाँच्या र त्रिभुवन महाराजधिराज पनि बाँच्या भए, सायद उहाँ प्रधानमन्त्री पनि होइबक्सिन्थ्यो होला । उहाँको नेपालबारे ठूलो सपना थियो के, यसलाई परिवर्तन गरुँ, यहाँको जनताको उपकार गरुँ भन्ने । उहाँ स्वर्गे भएपछि म राजनीतिमा जान्छु भनेर १२ वर्षमै तयार गर्याथे। उहाँको अधुरो सपना म पूरा गर्छु भन्ने मेरो अठोट थियो, त्यसैले म राजनीतिमा लागेँ ।’
(यो आलेखको अर्को भाग सोमबार प्रकाशित हुनेछ ।)
COMMENTS