नेकपा कार्यदलले अध्यक्षद्धयलाई बुझाएको सुझावका मुख्य बुंदाहरु

काठमाडौँ २२ साउन – महासचिाव विष्णु पौडेलको नेतृत्वमा गठन गरेको ६ दसस्दीय कार्यदलले शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड लाई सुझावसहितको प्रतिवेदन बुझाएको छ ।
दुई अध्यक्षको बनाएको महासचिवको नेतृत्वको ६ सदस्यीय कार्यदलले एक साता लगाएर सुझावसहितको प्रतिवेदन बुझाएको हो ।

पार्टी विवाद सुझाव प्रतिवेदन बुझउन पहिले कार्यादलका सदस्यहरु प्रम निवास बालुवाटारमा ।

कार्यदलले बुझाएको प्रतिवेदन अध्यक्षद्वयले अध्ययन गरेपछि सचिवालयमा छलफल हुने प्रधानमन्त्री निकट श्रोतले नेपालपेललाई बतयो । दुई अध्यक्षको अध्ययन पछि स्थायी कमिटीमार्फत निर्णय गर्ने योजना रहेको छ ।
स्थायी कमिटीबाट निर्णय भएलगत्तै त्यसलाई कार्यान्वयनमा लैजाने ओली र प्रचण्डको योजना छ ।

कार्यदलमा रहेका एक सदस्यका अनुसार प्रतिवेदनमा पाँच बर्ष नै सरकारको नेतृत्व ओलीले र मूलत पार्टी सञ्चालन कार्यकारी अध्यक्ष प्रचण्डले गर्ने गरी तत्कालको शक्तिसंघर्ष टुंग्याउने सुझाव छ ।
दुई अध्यक्षको कार्यविभाजन स्पष्ट पार्ने सुझावमा यसको ब्याख्या गरिएको कार्यदलका सदस्य जनादर्न शर्माले बताए ।

पार्टीभित्रको शक्ति सन्तुलनलाई ध्यानमा राख्दै बनाइएको कार्यदलले बुझाएको प्रतिवेदनले तत्कालका लागि पार्टी विवाद हल गर्ने कार्यदल सदस्यहरुको दावी छ । प्रधानमन्त्री ओलीको राजीनामाको मागलाई थाँती राख्दै स्थायी कमिटीका नियमित एजेण्डामा आधारित भएर छलफल अगाडि बढाउने सुझाव प्रतिवेदनमा रहेको महासचिव पौडेलले बताए ।

गत माघको केन्द्रीय कमिटीले तोकेको समय आगामि चैतमा नै महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने र सैद्धान्तिक तथा विवादित सबै विषय त्यहींबाट टुंगो लगाउने सुझाव पनि प्रतिवेदनमा छ ।
प्रतिवेदनमा कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय कमिटीको बैठक बोलाउने सुझाव कार्यदलले दिएको छ ।

कार्यदलका ती सदस्यका अनुसार सरकारको कामको मूल्याङ्कन र मन्त्रिमण्डल हेरफेर तथा प्रदेश र स्थानीय सरकारको काम प्रभावकारी बनाउने सुझावमा संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेरको विषय छ ।

मन्त्रीपरिषद् पुर्नगठन र संवैधानिक अंगका पदाधिकारीको नियुक्तिका विषयमा पार्टी सचिवालयमा छलफल गर्ने पनि प्रतिवेदनमा छ ।

कार्यदलले बुझाएका मुख्य मुख्य बुंदा यस्ता छन् ।

पार्टी एकताको महत्वको आवश्यकता
पद्धति र संस्थागत प्रणाली लागू गर्ने
दुई अध्यक्षको कार्यविभाजन स्पष्ट पार्ने
पार्टी एकताको काम सम्पन्न गर्ने
बाँकी राजनीतिक एवं संगठनात्मक काम तत्काल गर्ने
राष्ट्रिय महाधिवेशनमा जाने गरी तयारी थाल्ने
सरकारको कामको मूल्याङ्कन र मन्त्रिमण्डल हेरफेर
प्रदेश र स्थानीय सरकारको काम प्रभावकारी बनाउने
सीमा समस्या समाधान गर्ने
कोभिड १९ को रोकथाम र उपचार
वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वको प्रतिवेदनअनुसार एमसीसीका विषय टुंगाउने
शान्ति प्रक्रियाका काम टुंगाउने
बाढीपहिरो पीडितलाई राहत
नेकपामा गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वय गर्ने।

सउपरोक्त मुख्य विषयमा सहमति खोज्ने शीर्ष नेतृत्वको डेढ महिना लामो कोसिस असफल भएपछि महासचिव विष्णु पौडेलेको संयोजकत्वमा पछिल्लो कार्यदल बनेको थियो ।

प्रतिवेदन बुझाएलगत्तै कार्यदल विघटन

पार्टी विवाद समाधान प्रस्ताव तयार गर्न पार्टी महासचिव पौडेलेको संयोजकत्वमा गठित कार्यदल विघटन भएको छ । अध्यक्षद्धय ओली र प्रचण्डलाई प्रतिवेदन बुझाएपछि कार्यदल विघटन भएको समेत जानाकारी दिइएको छ । पार्टी संकटमा परेक बेला महत्वपूर्ण जिम्मेवारी पुरा गरेको भन्दै अध्यक्षद्धयले कार्यदलका सदस्यलाई धन्यवदसमेत दिएको सदस्य भीम रावलले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board