सेना-प्रहरीसहित पर्सा र बारामा थप १५६ जनामा कोरोना संक्रमण

वीरगञ्ज, ७ भदौ । पर्सा र बारामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरुको नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको हो । पर्साका १४५ र बाराका ११ जनामा संक्रमण देखिएको छ । नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रण देखिएको छ ।

यसअघि पर्सामा ३ सय ८७ जना महिलासहित १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमा २२ जना भारतीय नागरिक, १२० जना स्वास्थ्यकर्मी, ८६ सुरक्षाकर्मी, ८ जना पत्रकार, ८९ कैदी थुनुवा, ४८ जना अस्पताल सफाइकर्मी, गार्ड र कार्यालय सहयोगीसमेत संक्रमित भए । जसमध्ये ७४ जना महिलासहित ३ सय ५६ जना कोरोना मुक्त भई घर फर्केका छन् ।

३४ जना महिलासहित १ सय ४३ जना संक्रमित आइसोलेसनमा छन् । २ सय ४ जना महिलासहित ६१० जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board