कोरोना अपडेटः २४ घण्टामा ८ को मृत्यु, ७ सय ४३ संक्रमित

काठमाडौं, ८ भदौ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाईरसका करण थप ८ जनाको मृत्यु भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनाका संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो अवधिमा १०,२३४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा थप ७४३ जनामा कोरोनाभाइरस पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको सङ्ख्या १५७ र सङ्क्रमितको कुल सङ्ख्या ३२,६७८ पुगेको प्रवक्ता गौतमले बताए ।

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । हालसम्म १८ हजार ८ सय ६ जना कोरोनाबाट निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ छ।

यीसहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ। विगत २४ घण्टामा १० हजार २ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ।

अहिलेसम्म कुल १८,८०६ सङ्क्रमित निको भएका छन्। सक्रिय सङ्क्रमितमध्ये १३२ जना सघन उपचार कक्षमा र १५ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभरि क्वारन्टीनमा ११,२७५ जना छन्।

उपत्यकामा २२४ संक्रमित थपिए
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा मात्रै १७७ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४५६१ जना रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board