लमजुङमा १७ सेनासहित थप २३ जनामा कोरोना संक्रमण

लमजुङ, १० भदौ । लमजुङमा १७ नेपाली सेनासहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँको श्रीजंग दलमा कार्यरत २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा थप १७ सैनिक संक्रमित पाइएका हुन् ।

यस्तै थप संक्रमितमा ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड पनि रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले आज बिहान जारी विज्ञप्तिमा छ । यस्तै बेँसीसहर वडा नम्बर ८ का थप २ जनामा पनि संक्रमण देखिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११ मा रहेको साई अर्चना अस्पतालमा कार्यरत ४६ वर्षीय स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर विनोदविन्दु शर्माले पुष्टि गरे ।

यसअघि यहाँको गण्डकी अस्पताल, कास्की सेवा अस्पताल, मनाङ र बागलुङका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो । योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ९ सय ३६ पुगेको छ । तीमध्ये १ हजार ६४३ भने संक्रमणमुक्त भइसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board