चिकित्सकको सल्लाहबिना अनावश्यक औषधि सेवन नगर्न आग्रह

काठमाडौं, १० भदौ । औषधि व्यवस्था विभागले अत्यावश्यक औषधिको अभाव नरहेको जनाएको छ । तेस्रो मुलुकबाट आयात गर्नुपर्ने केही औषधि समयमा ढुवानी हुन नसक्दा समस्या देखिए पनि अत्यावश्यक औषधिको अभाव नरहेको विभागले स्पष्ट पारेको हो ।

अहिले देशका कुनै पनि संस्थाबाट अत्यावश्यक औषधि अभाव भएको सूचना नआएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताएका छन् । महानिर्देशक ढकालले चिकित्सकहरुको सल्लाहबिना अनावश्यक रुपमा औषधि सेवन गर्नेहरुको संख्या बढेकोप्रति चिन्ता व्यक्त गरे । औषधि सेवनले सधै स्वास्थ्यलाई फाइदा नपुग्ने भन्दै उनले अनावश्यक रुपमा औषधि सेवन नगर्न आग्रह गरे ।

ढकालले कोरोना भाइरसविरुद्ध नेपालमा ‘कन्ब्यालेसन प्लाज्मा’को अनुमति दिइएको पनि जानकारी दिए । आवश्यक प्रयोजनका लागि विश्वका विभिन्न मुलुकले समेत सो औषधिलाई अनुमति दिएको उल्लेख गर्दै उनले रगतको प्लाज्मा निकालेर गम्भीर अवस्थाका बिरामीलाई दिने ‘प्लाज्मा थेरापी’ विधिको प्रयोग भइरहेको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board