सीपीएलमा सन्दीप लामिछाने आवद्ध जमैका ३६ रनले पराजित

काठमाडौं, ११ भदौ ।  क्यारेबियन प्रिमियर लिग ९सीपीएल० मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज ३६ रनले पराजित भएको छ । बार्बाडोस ट्रिडेन्ससँग जमैका पराजित भएको हो । बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएपछि जमैकाले १ सय ४९ रनको लक्ष्य पाएको थियो ।

टस जितेर पहिले फिल्डिङ रोजेको जमैकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११२ रनमात्रै बनाउन सक्यो ।​ जमैकाले अहिलेसम्म ५ खेल खेलेकोमा २ मा विजयी भएको छ भने ३ खेलमा पराजित रहेको छ । खेलमा जमैका पराजित भए पनि जमैकाबाट खेलेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ४ ओभरमा १६ रन जोड्दै २ विकेट लिएका थिए । उनले रसिद खान र एस्ली नर्सको विकेट लिएका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board