‘होम डेलिभरी अत्यावश्यक सेवा अन्तर्गत पर्दैन,होम डेलिभरी र अर्डरका खानेकुरा पनि ओसारपसार गर्न नपाइने (पत्रसहित)


काठमाठौं, १२ भदौ । कोरोनाको सङ्क्रमण समुदायस्तरमा नै फैलिसकेकाले सामान्य कुरामा ध्यान दिए सङ्क्रमणबाट जोगिन सकिने भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालयले तोकेको मापदण्ड र नियमको पालना गर्न गराउन आग्रह गरेको छ । कोरोनाको जोखिम बढ्दै गएकाले अत्यावश्यकबाहेक सेवा सञ्चालन नगर्न प्रहरीले आग्रह गरेको हो ।

खाद्यान्न तथा पकाइएको खाद्य वस्तु घर–घरमा पुर्याउने डेलिभरी सेवा बढेको भन्दै प्रहरीले अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले सार्वजनिक गरेको निषेधाज्ञाको आदेशअनुसार पानी, औषधि र स्वास्थ्य सामग्री बिक्री गर्ने पसल जुनसुकै बेला पनि खोल्न पाइनेछ । तर अत्यावश्यक वस्तु अन्तर्गतका खाद्य, दूध, दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु आदिका बिक्री भने बिहान सवा ९ बजेसम्म मात्र गर्न पाइने छ ।

यस बाहेकका होटल, रेष्टुँरा सबैको सेवा बन्द भएकाले होम डेलिभरी र अर्डरका खानेकुरा पनि ओसारपसार गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । बाहिरको खाजा खानाले सङ्क्रमणको जोखिम थप बढ्न सक्ने भएकाले प्रशासनले घरभित्रकै खाना खान पनि आग्रह गरेको छ ।
हिजो होम डेलिभरी गर्ने विभिन्न संस्थाका ८० जनालाई प्रहरीले पक्राउ गरी कागज गराएर बेलुका छोडेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले बिहान सवा ९ बजेपछि होम डेलिभरी गर्नेलाई पनि रोक्ने यसअघिकै आदेश भएकाले उनीहरुलाई रोकेको र अब पनि नियमको अटेर गरे रोक्ने जानकारी दिए । निषेधाज्ञाको उल्लंघन गर्दै अनलाइनमार्फत पनि खाजा खाना पुर्याए कारबाही हुने महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board