काठमाडौं, १४ भदौ । ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको गएराति १० बजे मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरले जनाए अनुसार ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए । साथै उनको ट्राभल हिस्ट्रीबारे पनि थाहा हुन सकेको छैन ।
COMMENTS