जनकपुरधाम, १५ भदौ । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भदौ १२ गते महोत्तरीको मनरा सिसवा—४ का सहनी थर भएका ४० वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भए पछि उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो । संक्रमितको मृत्यु भएपछि ललितपुरस्थित बयोधा हस्पिटलमा ल्याई स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाले जानकारी दिए ।
COMMENTS