डा.चिरनशमशेर थापाले आफ्नो जीवनका सबैभन्दा महत्वपूर्ण चार दशक राजदरवारमा विताए । तत्कालीन राजा वीरेन्द्रको सक्रिय शासनकालमा दरवारको सचिवको हैसियतमा थापाले परराष्ट्रनीति निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेले । राजासँगको निकटताकै कारण उनले नेपालबाट भारतीय सैनिक चेकपोष्ट हटाउनेदेखि नेपालमाथि २०४५ को भारतीय नाकावन्दीको पूर्वसन्ध्यामा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीका विशेष दूतसँग बार्ता गर्ने लगायतका कतिपय महत्वपूर्ण द्विपक्षीय मामिलामा नेपाली पक्षबाट बार्ता तथा संवाद गरेका छन् । प्रस्तुत छ, डा. थापासँग नेपाल पेजका लागि धु्रव अधिकारी र सपना थामीले गरेको अन्तरंग संवादको तेस्रो आलेखः
समस्याको जड राजीव गान्धी र मरिचमानबीचको मनमुटाव
वि.सं. २०४५ सालमा तात्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीको पालामा नेपालमा नाकाबन्दी लगाइयो । त्यसबेला नेपालका तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह र भारतीय प्रधानमन्त्री राजीव गान्धीबीच मनमुटाव थियो । यसैकारण दुई देशबीचको सम्बन्ध चिसिएको थियो । नेपालको तत्कालीन परिस्थिति प्रतिकूल थियो । नेपालका राजा वीरेन्द्र र भारतीय प्रधानमन्त्री राजीव गान्धीबीच नेपालको प्रतिकूल परिस्थति वार्ताबाटै समाधान गर्ने सहमति भयो । वार्ताका लागि राजा वीरेन्द्रको तर्फबाट चिरनशमशेर थापा र राजीव गान्धीको तर्फबाट विभिन्न मुलुकमा राजदूतसमेत भैसकेका कूटनीतिज्ञ रोनन सेनलाई तोकियो । नेपाली र भारतीय पक्षबीच वार्ता सुरु भयो । वार्ता तीन ठाउँमा भयो, पहिलो वार्ता दिल्लीमा भयो । चिरन भन्छन्– ‘दिल्लीको वार्ता सकारात्मक रह्यो र यसरी अगाडि बढ्ने भनेपछि दोस्रो वार्ता नेपालमा भयो र तेस्रो एवं अन्तिम र महत्वपूर्ण वार्ता बेलग्रेडमा राजा वीरेन्द्र र राजीव गान्धीबीच हुने भयो । बेलग्रेडको वार्ताभन्दा अगाडि म र रोनेन सेनबीच दुई पटक वार्ता भैसकेको थियो ।’
डा.चिरनशमशेर थापा
‘बेलग्रेडको वार्तामा मैले केही पनि लेखेर दिएको थिइँन, तर, रोनन सेनले भने सबै लेखेर दिएका थिए । अब यसरी अगाडि बढ्ने भनेर लेखिएको उक्त पत्रमा हस्ताक्षर गरिएको थिएन । राजा वीरेन्द्र र राजीव गान्धीका बीचमा वार्ताको क्रममा कुराकानी मिल्यो ।’ चिरन भन्छन्– ‘वार्ताको क्रममा सानातिना शब्दहरुका ‘एण्ड’ राख्ने कि ‘बट्’, । ‘र’ राख्ने कि ‘तर’ जस्ता कुरा मात्रै बाँकी छन् भने कुरा बुझ्नुस् कि कुरा मिल्यो । एउटाले ‘र’ लाई ‘तर’ बुझदिन्छ अर्कोले ‘तर’ लाई ‘र’ बुझदिन्छ । त्यस्तै एउटाले ‘एण्ड’ लाई ‘बट्’ बुझ्छ । अर्कोले ‘बट्’ लाई ‘एण्ड’ बुझ्छ । ‘र’ भन्दा नि मिल्छ, ‘तर’ भन्दा नि मिल्छ, कुरा मिल्यो । निर्णय भइसकेको थियो, यसरी अगाडि बढ्ने भन्ने पनि भैसक्या’थ्यो तर भारतमा राजीव गान्धीको हत्या भयो, यता नेपालमा पनि राजनीतिक परिवर्तन आइसकेको थियो, पोल्टिकल कोर्स चेन्ज भैसक्या’थ्यो ।’
डा.चिरनशमशेर थापा
‘दिल्लीको वार्ता सकारात्मक रह्यो र यसरी अगाडि बढ्ने भनेपछि दोस्रो वार्ता नेपालमा भयो र तेस्रो एवं अन्तिम र महत्वपूर्ण वार्ता बेलग्रेडमा राजा वीरेन्द्र र राजीव गान्धीबीच हुने भयो । बेलग्रेडको वार्ताभन्दा अगाडि म र रोनेन सेनबीच दुई पटक वार्ता भैसकेको थियो ।’ ‘बेलग्रेडको वार्तामा मैले केही पनि लेखेर दिएको थिइँन, तर, रोनन सेनले भने सबै लेखेर दिएका थिए । अब यसरी अगाडि बढ्ने भनेर लेखिएको उक्त पत्रमा हस्ताक्षर गरिएको थिएन । राजा वीरेन्द्र र राजीव गान्धीका बीचमा वार्ताको क्रममा कुराकानी मिल्यो ।’
राजा वीरेन्द्रले अब पोलिटिकल लिडरहरुले जे भन्छन्, त्यही अनुरुप अगाडि बढ्ने भन्ने भयो । त्यसपछि पनि नाकाबन्दी होला भन्ने लागेको थिएन, तर भयो । तर के हो भनेदेखि दुई देशबीचको सम्बन्ध विशेषगरी, दुई छिमेकी देशहरु भारत र चीनबीच नेपालको सम्बन्ध कस्तो हुनुपर्छ भने, सहयोगको सम्बन्ध हुनुपर्छ । तेस्रो मुलुकसँग पनि सहयोगको सम्बन्ध गर्ने । सहयोगको सम्बन्ध हुन सकेन भने शान्तीप्रिय सम्बन्ध हुने । सकेको बेला को–अपरेशन, नसकेको बेला पिसफूल । यो मन्त्र पनि परराष्ट्र नीतिमा उपयोगी साबित हुन्छ ।
राजा वीरेन्द्रको वि.सं.२०५८ साल जेठ १९ मा वंशनाश भएपछि चिरनशमशेरले राजा ज्ञानेन्द्रको शासनकालमा पनि राजदरवारमा रहेर करिब १६ महिना काम गरे । त्यसो त वि.सं.२०५९ साल साउनमा उनी ६० वर्ष पुग्दैथिए, उमेर हदबन्दीका कारण रिटायर्ड हुने समय पनि पुगिसकेको थियो । दरबारमा सोच्दै नसोचेको अकल्पनीय वंशनाश भैसकेको अवस्था थियो । चिरन भन्छन्– ‘राजा ज्ञानेन्द्रले दरबारमा बस्छौं कि के गर्छौ ? भनेर सोधिबक्स्याथियो, दरबारमा त्यत्रो ट्रयाजेडी परिरहेको बेला मैले पनि केही समय चाहिबक्सन्छ भने, बस्छु भनें । त्यसकारण विसं. २०६० साल वैशाखमा मात्र म रिटायर्ड भए ।’
डा.चिरनशमशेर थापा
राजा वीरेन्द्रको सर्वाङ्गीण देश विकासको मोडलले पूर्णता पाउन सकेन
‘राजा वीरेन्द्रमा विकासको गति अगाडि बढाउनुपर्छ, कलकारखानाहरु धेरै हुनुपर्छ, सर्भिसिङ क्षेत्र पनि धेरै विकास हुनुपर्छ भन्ने थियो,’ चिरन भन्छन्– ‘पछि त बैंकहरु धेरै नै खुले तर अरु क्षेत्रमा पनि हामीले विकास गर्न सक्थ्यौं तर, जति विकास त्यो बेला नै हुनुपथ्र्यो त्यो हुन पाएन ।’ नेपालले विकासमा जति फड्को मार्न सक्थ्यो, त्यो गर्न सकेन । नेपालकै छिमेकी मुलुकहरु भारत र चनिले आज कत्रो फड्को मारिसकें । यसमा आर्थिक, सामाजिक विभिन्न कारणहरु हुन्छन् तर, मुख्य कारण चाही राजनीतिक नेतृत्व नै हो । सिंगापुरसँग कुनै स्रोत, साधन नै नहुँदा पनि उनीहरुको विकास भयो, उनीहरु एक नम्बरमा पर्छन् । ‘सिंगापुरका प्रधानमन्त्री ली स्येन लोङ्लाई मैले ४÷५ वर्ष अगाडि पनि भेटेको थिएँ ।
उनी पनि मेरै कलेजमा पढेका थिए, म भन्दा ७/८ वर्ष जुनियर । तर उनको बुद्धिले आज सिंगापुरलाई धेरै अगाडि पु¥याएको छ, उनले ७० वषको उमेर पुगेपछि छाड्छु भनेका छन् । उनीपछि के हुन्छ भन्न सकिँदैन, त्यसकारण राजनीतिक नेतृत्व चाहिं ज्यादै महत्वपूर्ण हुन्छ । तर राजा वीरेन्द्र सक्रिय रहेकै बेलामा जति विकास हुनुपर्ने हो, त्यो हुन पाएन’ चिरन भन्छन् । यसै प्रसंगमा उनी जोड्छन्, ‘त्यो बेला क्यानडाको प्लेन नेपालले ऋणमा लिएको थियो, टुईन अटर विमान जुन चाहिं नेपालको भौगोलिक अवस्थाअनुसार ज्यादै उपयोगी, सानो आकारको सानो जहाज । १७, १८ जना घुम्न मिल्ने, एयरपोर्ट पनि ठूलो नचाहिने । अहिले भएका भन्दा तेब्बर, चौबर टुईन अटर विमान लिऔं, तिर्न सके हामी तिरिहाल्छौं, तिर्न नसके उनीहरुले पछि अनुदानमा परिणत गर्छन्, भन्ने मेरो कुरा थियो राजा वीरेन्द्रसँग । तर, राजा वीरेन्द्रले हैट हुन्न । ऋण लिएपछि त तिर्न सक्ने मात्र ऋण लिनुपर्छ, तिर्न नसक्ने ऋण लिनुहुन्न भनिबक्स्यो । त्यसकारण त्यो बेला टुईन अटर विमानको संख्या बढेन ।’
डा.चिरनशमशेर थापा
‘नेतृत्वले ठिक काम गरेको समयमा साथ, सहयोग दिनुपर्छ, बेठीक काम गरेको बेला नेतृत्व परिवर्तन गर्नुपर्छ । यो नै प्रजातन्त्रको मूल सिद्धान्त हो । यसकारण देश विकास गर्ने ठूलो जिम्मेवारी राजनीतिक नेतृत्वमा छ । साथै हामी जनतामा देश विकासका लागि जुन भूमिका छ, त्यसमा हामी चुक्नुहुन्न । देशका विभिन्न ठाउँमा विकास त भएको छ तर, विकासको गति सुस्त छ । जुन गतिमा विकास हुनुपथ्र्यो त्यो हुन सकिरहेको छैन । देशको सर्वाङ्गीण विकास हुन नसक्नुमा धेरै कारणहरु छन्, त्यसमा सही ठाउँमा सही मान्छे हुन प¥यो । अहिले ऊर्जाको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । त्यस्तै खानेपानी, शिक्षामा केही काम हुन सक्ने सम्भावना छ । ठीक ठाउँमा ठीक मान्छे हुनुपर्छ र उसलाई साधन, स्रोत पनि पर्याप्त दिइनुपर्छ ।’
फोटो – ध्रुब अधिकारी
‘त्यो बेला यातायातको पर्याप्त सुविधा थिएन । सडकहरु पर्याप्त बनिसकेका थिएनन्, विकास निर्माण हुन सकिरहेको थिएन । तर विकासका लागि विमान आवश्यक थियो । त्यो बेला विभिन्न आयोजनाहरु थिए, विकास निर्माणका लागि त्यहाँ जानुपर्ने हुन्थ्यो । जस्तै डोटीमा एउटा ऊर्जा विकासको परियोजना थियो । यसका लागि आवश्यक उपकरणहरु, मेसिनहरु, प्राविधिकहरु, विदेशी नागरिकहरु ओसारपसार गर्नलाई पनि विमान प्रयोग हुन्थ्यो जसमा पनि टुइन अटर सस्तो र उपयोगी हुन्थ्यो । तर राजा वीरेन्द्र भने तिर्न सक्ने ऋण मात्रै लिने पक्षमा होइबक्सन्थ्योे,’ चिरनले सविस्तार बताए– ‘राजाको विचार थियो, हामी विकास गर्ने तर हामी आफैं आत्मनिर्भर नभएर न कि परनिर्भर भएर । लिनुपर्ने ऋण लिने तर समयमै तिर्न सक्नेगरी मात्रै भन्ने कुरा राजाको थियो ।’
समृद्ध राष्ट्र निर्माणका लागि सही ठाउँमा सही नेतृत्व आवश्यक
‘आजको दिनमा मत हाल्ने अधिकार जनतामा निहीत छ । विकास गर्ने नेता छान्ने अधिकार पनि जनतामै छ । कस्तो नेता छान्ने भन्ने जनताकै हातमा छ,’ पछिल्लो राजनीतिक परिवर्तनलाई इंगित गर्दै चिरनले भने– ‘त्यसैले अबको दिनमा जे गर्ने हो, जनताले गर्नुपर्छ देश विकासका लागि । नेतृत्वले ठिक काम गरेको समयमा साथ, सहयोग दिनुपर्छ, बेठीक काम गरेको बेला नेतृत्व परिवर्तन गर्नुपर्छ । यो नै प्रजातन्त्रको मूल सिद्धान्त हो ।
यसकारण देश विकास गर्ने ठूलो जिम्मेवारी राजनीतिक नेतृत्वमा छ । साथै हामी जनतामा देश विकासका लागि जुन भूमिका छ, त्यसमा हामी चुक्नुहुन्न । देशका विभिन्न ठाउँमा विकास त भएको छ तर, विकासको गति सुस्त छ । जुन गतिमा विकास हुनुपथ्र्यो त्यो हुन सकिरहेको छैन । देशको सर्वाङ्गीण विकास हुन नसक्नुमा धेरै कारणहरु छन्, त्यसमा सही ठाउँमा सही मान्छे हुन पर्यो । अहिले ऊर्जाको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । त्यस्तै खानेपानी, शिक्षामा केही काम हुन सक्ने सम्भावना छ । ठीक ठाउँमा ठीक मान्छे हुनुपर्छ र उसलाई साधन, स्रोत पनि पर्याप्त दिइनुपर्छ ।
फोटो – ध्रुब अधिकारी
‘सिंगापुरका प्रधानमन्त्री ली स्येन लोङ्लाई मैले ४/५ वर्ष अगाडि पनि भेटेको थिएँ । उनी पनि मेरै कलेजमा पढेका थिए, म भन्दा ७/८ वर्ष जुनियर । तर उनको बुद्धिले आज सिंगापुरलाई धेरै अगाडि पुर्याएको छ, उनले ७० वषको उमेर पुगेपछि छाड्छु भनेका छन् । उनीपछि के हुन्छ भन्न सकिँदैन, त्यसकारण राजनीतिक नेतृत्व चाहिं ज्यादै महत्वपूर्ण हुन्छ । तर राजा वीरेन्द्र सक्रिय रहेकै बेलामा जति विकास हुनुपर्ने हो, त्यो हुन पाएन’ चिरन भन्छन् ।
डा.चिरनशमशेर थापा
विदेशनीतिको बटमलाइन समस्यारहित एवं शान्तिपूर्ण
नेपालको परराष्ट्र सम्बन्धका विषयमा चिरनको भनाइ छ – ‘नेपालको परराष्ट्रनीति समस्यारहित र शान्तिपूर्ण हुनुपर्छ । हाम्रा दुई छिमेकी देश भारत, चीन र अरु मुलुकलाई पनि के भन्या’छु भने, नेपालको बटमलाईन के छ भने, सम्बन्ध समस्यारहित हुनुपर्छ । कसरी भने, हामीले हाम्रो हक पनि नछोड्ने, अरुको हकको पनि सम्मान गर्ने । यसमा कूटनीति ज्यादै महत्वपूर्ण हुन्छ । जस्तो हामीले नेपालको १७ ठाउँमा भारतले राखेको चेकपोष्टहरु हटायौं । २/३ वर्ष ढिला भएको भए, त्यो हटाउन सकिन्थ्यो कि सकिंदैनथ्यो ।
यसमा अझैपनि प्रश्नचिन्ह छ । हटाउन सकेको भए पनि जति थोरै समयमा हामीले हटाउन सफल भयौं, त्यति छिटो हटाउन सक्थ्यौं कि सक्दैनथ्यौं भन्ने पनि छ । अहिले पनि त्यही हो हामीले हाम्रो हकचाहिं कुनै पनि हालतमा छोड्नुहुँदैन । हामीले हाम्रो हक प्राप्त गर्नको लागि शान्तिपूर्ण ढंगबाट अगाडि बढ्नुपर्छ ।
प्रस्तुत आलेखको चौथो र अन्तिम भाग शनिवार प्रकाशित हुनेछ…
यो पनि पढ्नुस्
डा. चिरनशमसेर थापासँगको संवादको पहिलो भाग
मेरो राजदरवार प्रवेशको प्रेरक राजा वीरेन्द्रको भद्रता र देशप्रेम – डा.चिरनशमशेर थापा
डा. चिरनशमसेर थापासँगको संवादको दोस्रो भाग
‘राजा वीरेन्द्र १-२ वर्ष बाँचेका भए भारतले पनि शान्तिक्षेत्रको समर्थन गर्थ्यो’
COMMENTS