उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बुधबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो ।

उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको लकडाउन बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएकाले अर्को एक हप्ता थप कडाइ गर्ने निर्णय गरेको हो ।

यो अवधिमा के गर्न पाइने र के गर्न नपाइने भन्ने विषयमा सूचना निकालेर जानकारी गराइने उनको भनाई छ । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर बुधबार राति १२ बजेसम्म पुर्‍याइएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board