नेकपा अध्यक्षद्धय ओली-प्रचण्डबीच छलफल

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ।

बिहीबार बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा दुई अध्यक्षबीच आज छलफल भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको भेटमा सचिवालय बैठकका एजेन्डाबारे छलफल हुने नेकपा स्रोतले जनाएको छ ।

यसअघि भदौ १३ गतेका लगि तय भएको सचिवालय बैठक कोरोनाभाइरसको प्रकोपका कारण रोकिएको थियो। सचिवालय सदस्य उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम क्वारेन्टिनमा बसेका कारण बैठक सारिएको थियो। पुन अर्का अध्यक्ष प्रचण्डका निजी सुरक्षामा खटिएका ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि अध्यक्षद्धयवीच भेटवार्ता भएको थिएन ।

बिहीबारको बैठकमा नेकपा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ। त्यस्तै सचिवालय बैठकमा राष्ट्रिय सभामा पठाउने सांसदको बारेमा समेत छलफल हुने बताइएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board