नेकपा सचिवालय बैठकमा अध्यक्षद्धयको साझा प्रस्ताव र एजेण्डा

काठमाडौं १७ भदौ। । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच आसन्न बैठक र कार्यदलको प्रतिवेदनबारे पहिलोपटक छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच करिब डेढ घण्टा लामो छलफलमा सचिवालयको बैठक भोलि १८ गते बिहीबार बिहान ११ बजे सचिवालय बैठक बस्ने सहमति भएको प्रचण्डका प्रेस सैंयोजक विष्णु सापकोटाले बताए।

अध्यक्षद्वयको भेटमा बिहीबार बस्ने सचिवालय बैठकमा पेश हुने एजेन्डाबारे छलफल भएको बताइएको छ।
बैठकमा राष्ट्रिय सभामा खाली रहेको पदमा सचिवालय बैठकमै छलफल गरेर निष्कर्षमा पुग्ने अध्यक्षद्वबीच सहमति भएको छ। पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारीसहित यस अघि भदौ १३ बैठक बोलाइएको थियो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘आइसोलेसनमा बस्नुपर्ने भएपछि बिहीबारसम्म बैठक स्थगित भएको थियो।

साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। पौडेल संयोजक रहेको कार्यदलमा जनार्दन शर्मा, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए। कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ।

यसैबीच सरकारको सिसफारिशमा राष्ट्रपतिबाट नियुक्त हुने राष्ट्रियसभामा सदस्यका बारेमा पनि छलफल भएको छ । रिक्त रहेको सो पदमा नियुक्ति गर्ने समय नजिकिदै जाँदा उपाध्यक्ष वामदेव गौतमले फेरि आफूलाई मनोनित गुर्न पर्ने भन्दै हिंडेपछि नेकपामा चिन्ता बढेको छ ।
यस अगाडि राष्ट्रिय सभाको दुई वर्षे पदावधी सकिएपछि राजीनामा दिएका युवरा खतिवडालाई पुनः मन्त्री बनेका थिए। संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बनेका थिए। संघीय संसदको सदस्य नरही पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिइएको थियो। सोही समयदेखि उक्त पद खाली रहेको छ। भदौ २१ गतेपछि अर्थमन्त्रीकै रुपमा निरन्तरता पाउन उनलाई राष्ट्रियसभाको सांसदमा पुनः नियुक्ति गर्नुपर्ने हुन्छ।


बिहीबार बस्ने सचिवालयको बैठकले प्रधानमन्त्रीलाई राष्ट्रपतिबाट नियुक्त गर्ने सदस्यका बारेमा सुझाव मात्र दिन सक्नेछ । यस अघि नै प्रम ओलीले युवराज खतिवडाको नाम सिफारिश गरिसकेको बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board