निषेधाज्ञा खुकुलो बनाउन प्रधानमन्त्रीलाई व्यवसायीहरुको आग्रह

काठमाडौं, २२ भदौ । व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेका छन् । आज साँझ प्रधानमन्त्री ओली र व्यवसायीहरुबीच भएको भेटमा व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको जानकारी दिए ।

अबका दिनमा आर्थिक क्षेत्र चलायमान नभए कोरोनाले नभई भोकमरीले मृत्यु हुने स्थिति आउन सक्ने धारणा सबै व्यवसायीहरुले राखेको श्रेष्ठले बताए । निरन्तरको लकडाउन र निषेधाज्ञाले भर्खरै व्यवसायमा लागेका युवापुस्ता निरुत्साहित हुने स्थिति आइसकेको व्यवसायीहरुको भनाइ छ । प्रधानमन्त्री ओलीले व्यवसायीहरुसँग अर्थतन्त्रलाई खस्किन नदिने प्रतिवद्धता जनाएको अध्यक्ष श्रेष्ठले बताए । व्यवसायी र प्रधानमन्त्री ओलीबीचको भेटमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा समेत उपस्थित भएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board