कास्की कांग्रेसद्धारा भाडा छुट

गण्डकी, २२ भदौ । नेपाली काँग्रेस कास्कीले पोखराको चिप्लेढुङ्गास्थित जय नेपाल मिनी मार्केटमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई वैशाख र जेठ महिनाको भाडा छुट दिने निर्णय गरेको छ ।

कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र नगरसभापतिको आज सम्पन्न संयुक्त बैठकले आर्थिक सङ्कटका बेला व्यवसायीलाई राहत पुगोस् भन्ने उद्देश्यले पार्टीको स्वामित्वका मार्केटभित्रका १४ वटा सटरको दुई महिनाको भाडा छुट दिने निर्णय गरेको हो ।

बैठकले पार्टीका संस्थापक बिपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा बाढिपहिरोमा मृत्यु भएकाको परिवारलाई सहयोग गर्ने कार्यक्रम तय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board