‘विद्युतीय सवारी साधनले वातावरणमैत्री विकासलाई प्रर्वद्धन गर्छ’

काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा उत्पादित विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधनले वातावरणमैत्री विकासलाई प्रर्वद्धन गर्ने बताए ।

सुन्दर यातायात प्रालिले काठमाडौँ उपत्यकामा वातावरणमैत्री विद्युतीय सार्वजनिक बस सञ्चालन गरेको एक वर्ष पूरा गरेका अवसरमा आज शुभकामना दिँदै उनले यस प्रयासले आयातीत इन्धन प्रयोगमा कटौती गर्दै वातावरण संरक्षण र आत्मनिर्भर अर्थतन्त्रमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

सरकारले कोभिड–१९ को महामारीलाई सामना गरी तीव्र विकास र सहज व्यावसायिक जीवनमा फर्काउँदै मुलुकको विकास र सेवा क्षेत्रलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको सन्देशमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board