रथयात्रा विवादमा समातिएका सात जना रिहा

ललितपुर, २२ भदौ । गत बिहीबार रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जना आज रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट तीन जना आइतबार रिहा भएका थिए ।

यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रा झडपमा स्थानीयवासी र प्रहरीबीचको विवादमा पक्राउ परेका २० मध्ये ती आज रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए । उनले भने, “हामीले रथयात्रामा झडप गर्ने सहभागीमध्येका कूल २० जनालाई समातेका थियौँ । तिनमध्ये १७ जनालाई मुद्दा चलाइएको छ । ती १७ मध्ये आज छाडिएका छ जनामा कोरोना पोजेटिभ र एकमा मानसिक समस्या देखिएकाले आज उपचारको प्राथमिकतामा राखेर हाजिरजमानीमा छाडेका हौँ” यसमा बाँकी अन्य १० भने हिरासतमै रहेको जनाइएको छ ।

रथयात्रामा पक्राउ परेका सबैलाई छाड्न अपिल गर्दै आज केही जनताले जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउसमेत गरेका थिए । प्रशासनले गत शनिबारदेखि आउँदो शुक्रबारसम्म यहाँका केही स्थानमा पाँचभन्दा बढी मानिस जम्मा हुन नपाउने विज्ञप्ति जारी गरेसँगै आज उक्त घेराउ गर्नेहरुलाई प्रहरीले हटाएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board