अन्तर्राष्ट्रिय उडान संख्या थपिने, यस्ता छन् चार शर्त

काठमाडौं २५ भदौ । चार मन्त्रालयले पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय गरेका छन् ।

आज उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर राय यादवबीचको छलफलमा उडान संख्या थप गर्न सकिने निर्णय भएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री पोखरेलबीच पनि उच्चस्तरीय परामर्श भएको थियो । परामर्शपछि अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको हो ।

त्यसका अलावा कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने निर्णय गरेको छ । त्यस्तै श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसंगको समन्वयमा उडानको व्यवस्था गरिने र नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले जनाए । उनले विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीप्रति सरकार संवेदनशील भएको भन्दै उनीहरुलाई स्वदेश फिर्ताका लागि सरकारले सक्दो कोशिस गरिरहेको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board