काठमाडौं, २७ भदौ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ३७७, ललितपुरमा, ३७ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा कोरोनाबाट निको भई ८ सय ५२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३७ हजार ५२४ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
आज देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ भने कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको उनले बताए । यस्तै हालसम्म मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । बितेको २४ घण्टामा थप १४ को मृत्यु भएको छ ।
COMMENTS