काठमाडौं २७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ३३६ जनाको कोभिड १९ का कारण मृत्यु भएको छ । मृत्यु हुने महिलामा पर्साकी ७८ बर्षिय, काठमाडौँकी ७६ बर्षिय र तनहुँकी ७६ बर्षिय महिला रहेका छन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा सुनसरीका ४३ बर्षिय, काठमाडौँका ५१ र ५४ बर्षिय, भक्तपुरका ७२ र ३८ बर्षिय, चितवनका ६१ बर्षिय, स्याङजका ८५ बर्षिय, गोरखाका ४५ बर्षिय, कास्कीका ५१ बर्षिय र रुपन्देहीका ६० र ४० बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।
विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसबाट थप १२०१ जना सङ्क्रमित र १४ जना मृतक थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
COMMENTS