म सरकारसंगै रहन्छु, देशको अर्थतन्त्र ठिक बाटोमा छ (एक्सकुलुसिभ भिडियो)

काठमाडौं २८ भदौं । निर्वतमान  अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफ्नो कार्यकालमा पारदर्शिताको विधि बसालेको बताए । कर तथा भन्सार छल्नेहरुलाई कर प्रणालीमा आउन बाध्य पार्नेदेखि राज्यको फजुल खर्च र जहाँतहीँ जेसुकै आयोजना खडा गरेर बजेट छर्ने परम्पराको पनि अन्त्य गरेको उनको भनाई छ । २ वर्ष ६ महिनाको अर्थमन्त्रीको कार्यकाल सकेर निवर्तमान भएका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले गतहप्ता राजिनामा दिएका हुन । उनले आफ्नो कार्यकालको समीक्षा गर्दै आर्थिक अनुशासन, सुशासन कायम गराउनको निम्ति आफूले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।

उनले आफ्नो कार्यकालमा नीजि क्षेत्र र अन्तराष्ट्रिय समुदायको विश्वास जित्ने चुनौती रहेको भएपनि नीजि क्षेत्रलाई पनि वित्तिय अनुशासनमा ल्याउनुका साथै अन्तराष्ट्रिय समुदायको विश्वास जित्न र नेकपाले चुनावको बेलामा गरेको घोषणा अनुरुपको कार्यान्वयन गर्दै समाजवाद तर्फ जाँदैछौँ भन्ने झल्को दिनको निम्ति आधार तयार पारेको बताए । देशमा आर्थिक वृद्धिदर बढिरहेको अवस्था भए पनि पछिल्ला महिनाहरुमा कोभिड १९ का कारण अर्थतन्त्रमा असर परेको छ ।

डा. खतिवडाले एबीसी टेलिभिजनका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग विशेष कुराकानी गर्दै कोभिड अन्त्यपछि आर्थिक वृद्धि हुने उनको विश्वास छ । देश समृद्धिको बाटोमै हिडिरहेको उनको भनाई छ । डा. खतिवडाले नेपालको अर्थतन्त्रमा देखा परेका विकृति र बिसंगति रोक्न आफुले भरमग्दुर प्रयास गरेको समेत बताए । विगतका दिनमा राजनीतिक दबाब सिर्जना गरेर अस्वस्थ व्यवसायिक प्रतिस्पर्धा गर्ने, राज्यको ढिकुटी दोहन गर्ने, कर तथा भन्सार छल्ने र मनलाग्दि रुपमा आफु अनुकुल विकास निर्माणका कामदेखि विभिन्न आयोजना खडा गरेर बजेट छर्ने परम्पराको अन्त्य गर्दै समग्र बजेट राष्ट्रिय हितका निम्ति लगाएको र यसको सकारात्मक प्रतिफल आगामी दिनमा देखापर्ने पूर्वमन्त्री खतिवडाको भनाई छ । निर्वतमान मन्त्री खतिवडाले आफूलई तीन वटा बजेट पेश गर्ने बेलासम्म अवसर दिने प्रधानमन्त्री, पार्टी अध्यक्ष तथा सबै नेताहरुलाई धन्यवाद दिनु भएको छ । खतिवडाले आफू कुनै न कुनै रुपमा सरकारसगै रहने पनि बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board