नेपालमा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

काठमाडौं, २९ भदौ । नेपालमा बितेको २४ घण्टामा थप ११७० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५५,००० नाघेको सरकारी तथ्यांकले देखाउँछ । हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ । यस्तै बितेको २४ घण्टामा ८८९ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

त्यस्तै, कोरोना संक्रमणबाट निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।

थप १५ जनाको मृत्यु
बितेको २४ घण्टामा नेपालमा थप १५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार कोभिड-१९ का कारण अहिलेसम्म ३६० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले ७,२७५ जना घरमै र अरू संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ। प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै छ। अहिलेसम्म झन्डै ७१.५ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएको सरकारी तथ्याङ्क छ।

उपत्यकामा थपिए ५११ जना संक्रमित
काठमाडौं उपत्यकामा बितेको २६ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी जम्मा ५११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्रा गौतमले हालसम्म कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board