चीनले कोरोनाविरुद्धको भ्याक्सिन नोभेम्बरदेखि आफ्ना नागरिकलाई दिने

काठमाडौं, ३० भदौ । चीनले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको भ्याक्सिन खोप दिने भएको छ । चीनले आफ्नो नागरिकलाई नोभेम्बरदेखि भ्याक्सिन दिन थाल्ने ग्लोबल टाइम्सले उल्लेख गरेको छ । रोग नियन्त्रण तथा अनुसन्धान केन्द्रले आफ्ना नागरिकका लागि नोभेम्बरदेखि भ्याक्सिन दिने बताईएको छ ।

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले पनि चीनले निर्माण गरिहेको कोरोनाविरुद्धको खोप दुईदेखि तीन महिनासम्ममा सर्वसाधारणको लागि उपलब्ध हुनसक्ने उल्लेख गरेको हो । अहिले अत्यावश्यक क्षेत्रका नागरिकका लागि भ्याक्सिन दिइएको छ । जुलाइ २२ तारेखदेखि चीनले अत्यावश्यक क्षेत्रमा कोरोनाविरुद्धको भ्याक्सिन दिन सुरु गरेको थियो ।

चीनले कोरोनाविरुद्धको भ्याक्सिनमा चीनले ठूलो सफलता प्राप्त गरेको चीनको सिडिसीका प्रमुख जैविक सुरक्षा विशेषज्ञ डा.वु गुइजेनको भनाई छ । खोपको अनुसन्धान र विकासमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ ।

विश्वभर अहिले तेस्रो चरणको क्लिनिकल परीक्षणमा पुगेका कोरोनाविरुद्धका ९ वटा भ्याक्सिनमध्ये ५ वटा चिनियाँ कम्पनीका रहेका छन् ।

कोरोनाविरुद्धको खोप बनाउने प्रतिस्पर्धा हाल विश्वभर चलेको छ । अमेरिका, चीन, रुस, बेलायत जस्ता देशमा बनेका खोपहरु हाल अन्तिम चरणको परीक्षणमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । एजेन्सी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board