कोरोना अपडेटः २४ घण्टामा १४५९ जना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं, ३० भदौ । नेपालमा बितेको २४ घण्टामा आज एकै दिनमा १ हजार ४५९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको तथ्यांक अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । हाल संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको ।

यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ । बितेको २४ घण्टामा १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, हालसम्म निको हुनेको संख्या ४० हजार ६३८ पुगेको सरकारी तथ्यांक छ ।

थप ११ जनाको मृत्यु
बितेको २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै मृतकको कुल संख्या ३७१ पुगेको सरकारी तथ्यांक छ ।

उपत्यकामा थप ६७६ जनामा संक्रमण
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ६७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितमध्ये काठमाडौंमा मात्रै ५५५ जना, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board