यो वर्ष नेपालको १.५ प्रतिशत मात्र आर्थिक बृद्धि कायम हुने एडीबीको प्रक्षेपण

काठमाडौं, ३० भदौ । एसियाली विकास बैंक (एडीबी)ले नेपालको यो बर्षको आर्थिक बृद्धिदर १ं.५ प्रतिशत मात्र आर्थिक बृद्धि कायम हुने अनुमान गरेको छ । एसियाली विकास बैंकले मंगलबार तेस्रो प्रक्षेपण गर्दै यो वर्ष १.५ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान गरेको हो ।

बैंकले आज मंगलबार इकोनोमिक आउटलुकमार्फत एसियाली मुलुकहरुबारे आर्थिक वृद्धिको प्रक्षेपण गरेको हो । उता, विश्वबैंकले केही समय अगाडी गरेको अनुमान २.१ प्रतिशत आर्थिक वृद्धिको छ । सरकारले यो बर्ष ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । तर, यी दुई निकायले गरेको अनुमान सरकारको लक्ष्यभन्दा निकै कम पाइएको हो ।

गत अप्रिलमा सन् २०२१ को पहिलो प्रक्षेपणमा एडीबीले ६.४ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । तर, त्यसपछि कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको नियन्त्रणका लागि सरकारले अपनाएका निरोधात्मक कदमका कारण त्यसपछि भने आर्थिक गतिविधिहरु खुम्चिन पुगेको छ । एडीबीले जुन २०२१ मा ३.१ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा सरकारले २.२७ प्रतिशतको आर्थिक वृद्धिको अनुमान एडीबीको थियो । एडीबीको प्रक्षेपण समेत केही न केही मिल्ने देखिएको छ । सन् २०२० मा २.३ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने एडीबीको तथ्यांकले देखाएको छ ।

यो वर्षको अन्तिम प्रतिवेदन भने सरकारले अझै सार्वजनिक गरिसकेको छैन । नेपाल र अफगानिस्थान सबैभन्दा कमजोर दक्षिण एसियाली मुलुकमा पर्यटन अर्थतन्त्रको मूख्य आधार भएका मुलुकको कुल गार्हस्थ उत्पादन सन् २०२० मा नराम्रोसँग खुम्चन पुग्यो । यो वर्ष दक्षिण एसियाली मुलुकमध्ये नेपाल र अफगानिस्तान सबैभन्दा कमजोर आर्थिक वृद्धिदरको हिसावले रहेको एसियाली विकास बैंकले प्रक्षेपण गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board