भारतमा भयाभह बन्दै कोरोना महामारी : विश्वभर संक्रमितको संख्या २ करोड ९७ लाख १४ हजार नाघ्यो

काठमाडौं, ३१ भदौ । विश्व महामारीकारुपमा फैलिएका कोरोना भाइरस (कोभिड–१९) सक्रमणबाट मृत्यु हुनेको संख्या विश्वमा ९ लाख ३८ हजार नाघेको छ । वर्डोमिटर्सका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख १४ हजार नाघिसकेको छ । जसमध्ये २ करोेड १५ लाख २२ हजार बढी मानिस उपचारपछि निको भइसकेका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७२ लाख ५३ हजार ५ सय बढी छ । त्यसमा ९९ प्रतिशतत अर्थात ७१ लाख ९२ हजार ६ सय बढी सामान्य अवस्थाका बिरामी छन भने एक प्रतिशत अर्थात ६० हजार ८ सय बढी गम्भीर बिरामी छन् ।

कोरोना भाइरस संक्रमणबाट विश्वमा सबैभन्दा बढी प्रभावित मुलुक संयुक्त राज्य अमेरिकामा हालसम्म २ लाख बढीको ज्यान गइसकेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ११ सय ७१ जनाले ज्यान गुमाएका छन् भने ३५ हजार ९ सय बढी संक्रमित थपिएका छन् । त्यहाँ कुल संक्रमितको संख्या ६७ लाख ८७ हजार नाघेको छ । त्यस्तै दोस्रो बढी प्रभावित मुलुक भारतमा हालसम्म ५० लाख बढीमा संक्रमण भइसकेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ९१ हजार बढीमा संक्रमण पोजेटिभ देखिएको छ भने १२ सय ८३ जनाको ज्यान गएका छ । भारतमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ८२ हजार नाघिसकेको छ । त्यस्तै तेस्रो प्रभावित मुलुक ब्राजिलमा संक्रमित संख्या ४३ लाख ८४ हजार नाघिसकेको छ भने मुत्यु हुनेको संख्या १ लाख ३३ हजार नाघिसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board