काठमाडौं महानगरमा ५० कोरोना संक्रमितले ज्यान गुमाए, कुन वडामा कति संक्रमित (बिवरणसहित)

काठमार्डाैं, १ असोज । कोरोना ‘हटस्पट’ बनेको काठमाडौं महानगरपालिकामा हालसम्म ५० जना संक्रमितले ज्यान गुमाएका छन् । योसंगै देशभर ३ सय ७९ संक्रमितको मृत्यु भएको छ भने काठमाडौं महानगरमा मात्र ५० जनाको मृत्यु भएको हो ।

काठमाडौं जिल्लामा मात्र ११ हजार २ सय ३९ जना संक्रमित रहेका छन् । भदौ ३० गतेसम्मको महानगरको तथ्यांक अनुसार महानगरमा ६ हजार २९ संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९७ छ ।

देशभर सक्रिय संक्रमितको १६ हजार २४२ संख्या रहेको छ । हाल संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको । बितेको २४ घण्टामा १ हजार ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, हालसम्म निको हुनेको संख्या ४१ हजार ,७०६ पुगेको । महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ।

अस्पतालमा ४ सय ५ जना रहेका छन्। विवरण खुल्न नसकेका ४ सय ५२ संक्रमित महानगरमा रहेका छन्। महानगरमा २ हजार १ सय २५ जना संक्रमणमुक्त भएका छन्।

कुन वडामा कति संक्रमित ?

वडा न १ नक्साल- १४१, मृत्यु १
वडा न २ लाजिम्पाट-४४, मृत्यु ०
वडा न ३ महारागञ्ज- ३७३, मृत्यु १
वडा न ४ धुम्वाराही- १७९, मृत्यु ३
वडा न ५ हाँडीगाउ- ९३, मृत्यु ३

वडा न ६ बौद्ध- १०९, मृत्यु १
वडा न ७ मित्रपार्क- २०८, मृत्यु ४
बडा न ८ जयवागेश्वरी-१४३, मृत्यु ०
वडा न ९ गौशाला-१४८, मृत्यु १
वडा न १० बानेश्बर-१४५, मृत्यु ३
वडा न ११ त्रिपुरेश्वर-३२९, मृत्यु १
वडा न १२ टेकु- ८९, मृत्यु २
वडा न १३ कालिमाटी-३०१, मृत्यु ३
वडा न १४ कलंकी-२७०, मृत्यु १

वडा न १५ स्वायम्भु-५६४, मृत्यु १
वडा न १६ बालाजु-४१५, मृत्यु ३
वडा न १७ खुशिवु-९३, मृत्यु १
वडा न १८ नरदेवी- ३६, मृत्यु ०
वडा न १९ कंकेश्वरी-२५, मृत्यु ०
वडा न २० भिमसेनस्थान-६०, मृत्यु २
वडा न २१ लगन- ७१, मृत्यु ४
वडा न २२ संकटा- ६४, मृत्यु १
वडा न २३ ओमबहाल-६८, मृत्यु ०
वडा न २४ मखन- ६५, मृत्यु ०
वडा न २५ नःघल-६२, मृत्यु ३
वडा न २६ लैनचौर-१७८, मृत्यु १
वडा न २७ इनबहाल-२८०, मृत्यु ४
वडा न २८बागवजार-३२१, मृत्यु १
वडा न २९ डिल्लीबजार-१६७, मृत्यु ०
वडा न ३० ज्ञानेश्वर-८७, मृत्यु २
वडा न ३१ शान्तिनगर-१२५, मृत्यु १
वडा न ३२ कोटेश्वर-४५२, मृत्यु २

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board