देउवा आइसोलेसनमा, सत्तारुढ र प्रतिपक्षी दलको बैठक स्थगित

काठमाडौँ, १ असोज । कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि देउवा आईसोलेसनमा बसेका हुन् ।

स्वकीय सचिव भानु देउवाका अनुसार देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिएसँगै देउवा होम आइसोलेसनमा बसेको हो । सभापति देउवाको शुक्रबार स्वाब परीक्षण गरिने बताईएको छ । ती संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको जनाईएको छ ।

देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने जनाईएको छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दलबीच संवैधानिक निकाय र विश्वविद्यालयमा रिक्त रहेका पदमा नियुक्तिका बारेमा बिहीबार छलफलका लागि बैठक तय गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board