उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित, कुन जिल्लाका कति ?

काठमाडौं, १ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार काठमाडौंमा ५०७ ललितपुरमा ६१ र भक्तपुरमा ५० गरी जम्मा ६१८ संक्रमित थपिएका हुन्

२४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार २४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५९,५७३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ सय ४३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ४२ हजार ९४९ पुगेको छ । यसैबीच आज थप ४ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३८३ पुगेको छ । आज देशभर सक्रिय सक्रमितको संख्या १६ हजार २४१ रहेको छ । जसमा बितेको २४ घण्टामा १० हजार ६४१ जनाको पीसीआर भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board