मेसीले जिते ९ वर्षको लडाइँ, अब आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने

काठमाडौं, २ असोज । लिओनल मेसीले अब आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन् । विश्व फुटबलका स्टार खेलाडी मेसीले इयुको उच्च अदालतबाट ९ वर्षको लडाइँ जितेपछि मेसीले अब नाम ट्रेडमार्क रुपमा राख्न पाउने भएका हुन् ।

स्पानिस साइक्लिङ कम्पनी मास्मी र इयुको बौद्धिक सम्पत्ति कार्यालय ईयुआईपीओको अपिल युरोपियन कोर्ट अफ जस्टिस (युरोपियन न्याय अदालत)ले खारेज गरेको छ । स्पानिस क्लब बार्सिलोनाका स्टार मेसीले सन् २०११ मा पहिलो पटक स्पोर्ट्सवेयर ब्राण्डका लागि आफ्नो सरनेमको ट्रेडमार्क दर्ता गरेका थिए । तर मास्मीले उनीहरुको लोगो समान भएकाले यसले द्विविधा ल्याउने बताएको थियो ।

युरोपियन न्याय अदालतले जब जनता दुई ब्राण्डको भिन्नता छुट्याउन सक्षम हुन्छन् तब स्टार खेलाडीको प्रतिष्ठालाई ध्यानमा राख्न सकिने बताएको छ ।

१० नम्बरको जर्सी लगाउने ३३ वर्षीय मेसी कीर्तिमानी ६ पटक विश्वकको उत्कृष्ट खेलाडी चयन भएका छन् । फोर्ब्सका अनुसार मेसी सबैभन्दा धेर कमाइ गर्ने फुटबलर हुन् । उनको २०२० को कमाइ १२६ मिलियन अमेरिकी डलर रहेको छ ।

अगस्टमा उनले आफ्नो क्लब छोड्ने मनसाय सार्वजनिक गर्दै एक फ्याक्स पठाएको विषय मुख्य हेडलाइनहरु बनेका थिए ।

मेसी बने सर्वाधिक कमाउने फुटबलर
अर्जेन्टाइन फरवार्ड लिओनल मेसी २०२० मा सर्वाधिक कमाउने फुटबलरको शीर्ष स्थानमा रहन सफल भएका छन् । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेसी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेको फोर्ब्सले उल्लेख गरेको छ ।

मेसीको वार्षीक आम्दानी १२६ मिलियन अमेरिकी डलर भएको फोर्ब्सले जनाएको छ । ९२ मिलियन अमेरिकी डलर मेसीले आम्दानी गरेको जनाईएको छ । फोर्ब्सका अनुसार मेसीले प्रायोजनमार्फत ३४ मिलियन अमेरिकी डलर प्राप्त गरेको हो । मेसीको करिअरको कमाइ १ बिलियन अमेरिकी डलर पुगिसकेको छ ।

मेसीले १६ वर्षको करिअरमा दर्जनौ रेकर्ड बनाइसकेका विश्वकै चर्चा रहने खेलाडी हुन् । बार्सिलोनाबाट खेल्नुअघि क्लबले १०५ वर्षमा ६४ उपाधि मेसिले नै हात परेका थिए । मेसीले बार्सिलोनाबाट खेल्न थालेको १६ वर्षमा क्लबले ३४ उपाधि जित्न सफल भएको हो ।

इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलरको दोस्रो स्थानमा छन् । रोनाल्डोको कमाइ ११७ मिलियन अमेरिकी डलर रहेको छ। जसमा रोनाल्डोले तलबबाट ७० मिलियन अमेरिकी डलर कमाएका छन्। उनले बाँकी ४७ मिलियन अमेरिकी डलर प्रायोजनमार्फत प्राप्त गरेका छन्।

रोनाल्डोको आफ्नै ब्रान्ड सिआर-७ मार्फत आम्दानी बढेको फोर्ब्सको भनाइ छ। पोर्चुगललाई युरो कप र नेशन्स लिग जिताउन नेतृत्वदायी भूमीका निर्वाह गरेका रोनाल्डोले गत साता सय अन्तर्राष्ट्रिय गोलको कोशेढुंगा पार गरेका थिए। फुटबलरमा सर्वाधिक कमाइ गर्ने तेस्रो स्थानमा भने फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमार छन्। नेइमारको कमाइ ९६ मिलियन अमेरिकी डलर रहेको छ। जसमा ७८ मिलियन तलब र १८ मिलियन प्रायोजनमार्फत प्राप्त भएको छ।

यो पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board