महामन्त्री डा. कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं, ३ असोज । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मङ्गलबार ओम अस्पताल चावहिलमा भर्ना भएक थिए । महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि आज ‘डिस्चार्ज भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो, चिन्ता, शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिए । यस्तै, आफ्नो स्वास्थ्य अवस्थाबारे आम जनतामाझ जानकारी गराउने पत्रकार तथा आफ्नो उपचारमा सङ्लग्न डा विश्वनाथ कोइरालालगायत चिकित्सक टोलीलाई समेत धन्यवाद व्यक्त गरे । उनले आफ्नो स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएसँगै चिकित्सकको सल्लाहबमोजिम अब केही दिन होम आइसोलेसनमा रहने जानकारी समेत गराए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board