काठमाडौँका ५७० सहित उपत्यकामा थपिए कोरोना ७११ संक्रमित

काठमाडौं, ३ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ११ जजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार काठमाडौंमा ५७० ललितपुरमा ५८ र भक्तपुरमा ८३ गरी जम्मा ७ सय ११ संक्रमित थपिएका हुन् । २४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार २०४जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४७ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको छ । यसैबीच आज थप ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४०१ पुगेको छ । आज देशभर सक्रिय सक्रमितको संख्या १७ हजार १२९ रहेको छ । जसमा बितेको २४ घण्टामा १० हजार ३३३ जनाको पीसीआर भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board