आईपीएल आजदेखि, पहिलो खेलमा मुम्बई र चेन्नई खेल्दै

काठमाडौं, ३ असोज ।  इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी ट्वान्टी क्रिकेटको १३ औं संस्करण आजदेखि सुरु भएको छ ।

यूएईको आबुधाबीमा पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उप–विजेता चेन्नई सुपर किङ्सबीचको खेल हुनेछ । मुम्बई र चेन्नईबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शेख जायद स्टेडियममा सुरु भएको छ । दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् । मुम्बई रोहित शर्मा र चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रिएका छन् । गएको सिजनको फाइनलमा मुम्बईले चेन्नईलाई हराएको थियो । कोरोना सङ्क्रमण जोखिमका कारण यसपालिको आईपीएलमा विगतमा जस्तो उद्घाटन समारोह गरिने छैन । दर्शकबिनाको रङ्गशालामा खेल हुनेछ । आईपीएल ६ महिना ढिला सुरु हुन लागेको हो । यसअघि गएको मार्च २९ मा आईपीएल सुरु हुने भनिएको थियो । आईपीएलको लिग चरण नोभेम्बर ३ मा सकिनेछ । फाइनल नोभेम्बर १० मा हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board