काठमाडौं, ४ असोज । चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई यस वर्षको मदन पुरस्कार दिइने भएको छ।
वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा – श्री शान्ति ठटाललाई प्रदान गर्ने मदन पुरस्कार गुठीको साधारण सभा बैठकले निर्णय गरेको हो ।
पुरस्कारका लागि गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिए थियो। मदन पुरस्कारको राशी चार लाख रुपैयाँ छ।
COMMENTS