काठमाडौं ५ असोज । पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । ‘हिम चितुवा’ उपनामले परिचित शेर्पाको सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा निधन भएको हो ।
उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए । १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले उनको अन्त्येष्टि धार्मिक परम्पराअनुसार हुने जानकारी दिए ।
COMMENTS