शहरी क्षेत्रमा जमेको पानी मानव स्वास्थ्यका लागि खतरा

चितवन, ६ असोज । जिल्लाको शहरी क्षेत्रमा अप्राकृतिकरूपमा जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक हुने जानकारहरुले बताएका छन् । सरुवा रोगहरु फैलिन सक्ने भएकाले मानव स्वास्थ्यका लागि खतरा हुने उनीहरुले औँल्याएका हुन् । बर्सात शुरु भएयता भरतपुर महानगरपालिकाको वडा नं। १०, ११, १२, ७ लगायतका मुख्य शहरी क्षेत्रमा पानी जमेको छ । घरहरुका बीचबीचमा जमेको पानी तलाउ जस्तै देखिन्छन् ।

वरिष्ठ फिजिसियन डा विजय पौडेल अप्राकृतिकरूपमा जमेको पानीले महामारीसमेत ल्याउनसक्ने बताउँछन् । जमेको पानीमा शौचालय, स्नानगृहलगायतका पानी समेत मिसिन सक्ने भन्दै उनले भने, “यसले झाडापखाला लगायतका महामारी रोग निम्त्याउन सक्छ ।” उनका अनुसार डेङ्गु, टाइफाइड, भाइरल र ब्याक्टेरियल रोगहरु जमेको पानीबाट फैलिन सक्दछन् । जमेको प्रदूषित पानीले वातावरणसमेत असन्तुलित हुने उनको भनाइ छ । मौसम परिवर्तनको यो समयमा मानिसको प्रतिरक्षा प्रणाली कमजोर हुने भन्दै उनले यस्तो बेला रोग फैलिन सम्भावना बढी रहनेतर्फ सचेत गराए ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी पानी जम्ने समस्याले लाखुट्टेको सङ्ख्या बढ्ने बताउनुहुन्छ । लामखुट्टेको टोकाइबाट हुने रोगको प्रकोप हुन सक्ने भन्दै उनले भने, “डेङ्गु, कालाजार, मलेरिया, आउँ, झाडापखाला, हैजा जस्ता रोगहरु फैलिन सक्छन् ।” पानीले भरिएपछि जमिनमुनि रहेका मुसा, घरमा गएर टाइफस फिबर सार्न सक्ने खतरा रहेको उनले बताए ।

तिवारीले अहिले जमेको पानी अस्पतालजन्य र अन्य फोहोरसमेत मिसिएकाले यो पानी रसाएका र फुटेका खानेपानीको पाइपहरुबाट मिसिएर घरघरमा पुगेमा थप जोखिम हुन सक्ने जानकारी दिए । यसअघि पनि चितवनमा टाइफाइडको प्रकोप देखिएको भन्दै जोखिम रहेको उनले बताए । भाँडाकुँडा, टायरहरुमा जमेका पानीबाट डेङ्गु फैलिन सक्ने खतरा तिवारीले औँल्याए । हालसम्म समस्या नदेखिएको भए पनि सम्भावना नटरेको तिवारी बताउँछन् ।

भरतपुर–१२ का स्थानीय समाजसेवी शालिग्राम शर्मा जमेको पानीले मानव बस्तीमा दुर्गन्ध फैलिएको बताउनुहुन्छ । झारपात कुहिएर, किराफट्याङ्ग्रा मरेर पानी फोहोर भएको भन्दै उनले सर्प, मुसालगायतका जीव जमिनबाट बाहिर निस्किएर घरहरुमा पस्ने समस्या आएको बताए । उनले भने, “घरमै बस्दासमेत नाक थुनेर बस्नुपर्ने अवस्था छ ।” विज्ञहरुले अस्पताल क्षेत्रमा पानी जम्दा सङ्क्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरेका हुन् । पानी जमेको यसै क्षेत्रमा सङ्घीय सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, दुई दर्जनभन्दा बढी निजी अस्पताल, आँखा अस्पताल रहेका छन् । यी अस्पतालमा चितवनसहित १८ भन्दा बढी जिल्लाबाट नियमित बिरामी आउने गर्दछन् । ती अस्पतालहरुमा अहिले भयावह बन्दै गएको कोरोनाका सङ्क्रमितसमेत छन् । उनीहरुले प्रयोग गरेको मलमूत्र र फोहोरसमेत पानीमा मिसिन सक्ने खतरा रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board