डा. केसीलाई प्रहरीले लग्यो ट्रमा सेन्टर

काठमाडौं, ६ असोज । काठमाडौं आइपुगेका डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । अनशनकै क्रममा सोमबार राजधानी आईपुगेका केसीलाई प्रहरीले त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो ।

डा. केसी नेपालगञ्जबाट ११ / १५ बजेको फ्लाइटमा काठमाडौं आएका थिए । केसीलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको केसीका सहयोगी प्रितम सुवेदीको भनाई छ । जुम्लामा अनशनका क्रममा धरपकड हुन सक्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसी आइतबार काठमाडौंतर्फ आएका थिए ।

राष्ट्रिय ट्रमा सेन्टरमा हाल विगतमा वीर अस्पतालमा दिइने उपचार सेवा सञ्चालन हुँदै आएको छ । केसीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा लगिएको बताईएको छ। आफ्नो सेवा अवधिभर त्रिवि शिक्षण अस्पतालमा काम गरेका केसीले गत वर्ष अवकाश लिएका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई तिब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board