बारबर्दिया नगरपालिकाका वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

नेपालगञ्ज, ७ असोज । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए । योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेतका र बर्दियाका गरी कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board