ललितपुरमा थप दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु

ललितपुर, ७ असोज । ललितपुरमा थप दुईजना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गदै मेघा अस्पतालमा उपचारका क्रममा ललितपुरका ८० वर्षका पुरुषको मंगलवार मृत्यु भएको जनाएको छ।

विगत १ महिनादेखि उनको मेघा अस्पतालमा उपचार भइरहेको थियो । भदौ ६ गते उपचारका लागि भर्ना भएका उनको आज मृत्यु भएको हो ।

त्यसैगरी, अल्का अस्‍पतालमा बुधवार बिहान ७४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जानकारी दिएको छ । भदौ १७ गते अस्पतालमा भर्ना भएका उनको मंगलवार बिहान मृत्यु भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board