कोरोना अपडेटः २४ घण्टामा ११७२ जना संक्रमित, सात जनाको मृत्यु

काठमाडौं, ७ असोज । नेपालमा बितेको २४ घण्टामा थप ११७२ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो अवधिमा देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा १८९३ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । हालसम्म नेपालमा कोरोना पुष्टि भएको सङ्क्रमितको कुल सङ्ख्या ६७,८०० नाघेको सरकारी तथ्यांकले देखाउँछ । त्यस्तै मन्त्रालयका तथ्यांकअनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ ।

२४ घण्टामा थप ७ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ७ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ४३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले देशभरि १७,४१४ जनामा सक्रिय संक्रमण रहेका छन् । तीमध्ये ८,२२८ जना संस्थागत आइसोलेशनमा र अरू घरमै छन्। सक्रिय सङ्क्रमितमध्ये आधाभन्दा बढी वाग्मती प्रदेशका जिल्लामा रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा ४९,९५४ जना सङ्क्रमित निको भइसकेको सरकारी तथ्यांकमा छ ।

उपत्यकामा थप ६३७ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६३७ सहित देशभर भने ११७२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ४२६ र पुरुष ७४६ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board