उपत्यकामा ६३७ संक्रमित थपिए, तीन जनाको मृत्यु

काठमाडौं ७ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ गरी जम्मा संक्रमित थपिएका

हुन् । २४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार १७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा देशभर १८९३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ४९ हजार ९५४ पुगेको छ ।

यसैबीच कोरोनाबाट आज उपत्यकामा तीन जना सहित पछिल्लो २४ घण्टामा देशभर थप ७ जनाको मृत्यु भएको छ । ७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४३६ पुगेको छ । आज देशभर सक्रिय सक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ । जसमा बितेको २४ घण्टामा ९ हजार ४ सय ५९ जनाको पीसीआर भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board