बुधबारदेखि रसुवागढी नाकाबाट पुन : संचालनमा

काठमाडौं, ७ असोज । बुधबारदेखि रसुवागढी नाकाबाट पुन : सामान आयात हुन थालेको छ । तीन सातादेखि नाकाबाट सामान आयात ठप्प भएको थियो । कोरोना कारण माघ १५ गतेदेखि ठप्प भएको नाका जेठ महिनाबाट सञ्चालनमा आएको थियो । सामान लोड तथा अनलोड गर्ने मजदुरमा कोरोना पोजिटिभ देखिएपछि तीन सातादेखि सामान आयात रोकिएको थियो । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गत माघ १५ गतेदेखि बन्द भएको रसुवागढी नाका गत जेठ महिनाबाट पुनः सुचारु भएको थियो । सामान लोड अनलोड गर्ने मजदुरमा कोरोना संक्रमण देखिएपछि गत तीन सातादेखि नाका फेरि बन्द गरिएको थियो । नियाँ दूतावासले बुधबार नै एक विज्ञप्ती जारी गर्दै सीमावर्ती पोर्ट खोलेको जनाएको छ । चिकित्सा सामाग्री एवं दैनिक आवश्यकताका वस्तुलाई ध्यानमा राख्दै चीनले झाङ्मु एवं जिलोङ पोर्ट पुनः सुचारु गरेको विज्ञप्तिमा जनाइएको छ ।

मनसुन र महामारीका कारण बेलाबेलामा सीमानाका बन्द हुन पुगेको भन्दै दूतावासका प्रवक्ताले नाकालाई पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्दा मालसामान ओसारपसारमा भैरहेको ढिलाईप्रति दुःख व्यक्त गरेका छन् । सीमानाका नियमित सञ्चालन गर्ने र सामान पास गर्ने विषयमा चीनले नेपालको चिन्तालाई महत्व दिएको बताउँदै दूतावासले छिट्टै पूर्ण क्षमतामा नाका सञ्चालन गर्ने उपायमा काम भैरहेको जनाएको छ ।

रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । २०१३ सालमै नाकामा भन्सार कार्यालय स्थापना भएको थियो । २०७१ साल मंसिर १५ गते देखि उक्त नाका विधिवत रूपमा सञ्चालनमा आएको हो । नाकालाई ०७४ भदौ १४ गते चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेको हो । नेपालको रसुवागढी नाकाबाट केरुङ सम्मको दूरी २४ किलोमिटर रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board