नारायणी नदीमा खतराको तह पार, उच्च सतर्कता अपनाउन आग्रह

चितवन, ८ असोज । अहिले देशभरमा लगातार वर्षा भईरहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसका साथै प्रदेश नं। १, २, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षा भइरहेको छ ।

लगातार आएको बर्षासँगै बाढीले नारायणी नदीमा खतराको तह पार गरेको छ । बिहीबार बिहान ९ बजे नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागको भनाई छ ।

विभागले एसएमएस पठाएर बाढी अझै बढ्दो क्रममा रहेका कारण चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ । बाढी बढ्दै गए चितवनतर्फ भरतपुर महानगरपालिकाअन्तर्गतका मंगलपुर, गुन्जानगर, दिव्यनगर र मेघौली क्षेत्रमा डुबान र कटानको समस्या आउन सक्ने विभागको भनाई छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख प्रेमराज जोशीले नदी तटका साथै पहाडी क्षेत्रका बासिन्दालाई पनि सजग रहन अपिल गरेका छन् । राति देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं। १, २, ५, वाग्मती र गण्डकी प्र्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board