नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं ८ असोज । बितेको २४ घण्टामा देशभर यस्तै १४ सय ९७ जना कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १,४९७ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८,४३७ छ । यसमध्ये संस्थागत आइसोलेसनमा ८,६१४ र होम आइसोलेसनमा ९८२३ जना संक्रमित रहेका छन् । भने हालसम्म कुल संक्रमितको संख्या ६९३०१ पुगेको छ । २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ४५७ छ । हालसम्म डिस्चार्ज हुने संक्रमित ५०,४११ जना रहेको छन् ।

यसैबीच कोरोनाबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको छ । १७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४५३ पुगेको छ । आज देशभर सक्रिय सक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board