दार्चुलामा एक प्रहरी नायब निरीक्षक मृत फेला

दार्चुला, ९ असोज । एक प्रहरी नायब निरीक्षक (सई) दार्चुलास्थित एक होटलमा मृत फेला परेका छन्। कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल मृत फेला परेका हुन्।

शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका-४ बंगाबगडको एक होटलमा उनी फेला परेको दार्चुलाका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, हुतीको लागि सरूवा भएका उनी राति होटलमा बास बसेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीको भनाई छ ।

उनका अनुसार उनी सरूवा भएर जाँदैथिए । राति होटलमा बास बसेका उनी बिहानपख होटलको बाथरूम बाहिर लडेको अवस्थामा फेला परेका हुन् । उनलाई जिल्ला अस्पताल दार्चुला पुर्‍याइएको थियो। त्यहाँ पुग्दा डाक्टहरूले मृत घोषणा गरेको इन्स्पेक्टर जोशीले बताए। दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टका अनुसार उनको नाक र मुखबाट रगत बगेको अवस्थामा फेला परेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board