प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आजको बैठक पनि नियमितजस्तै भएको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board