चितवनमा डिएसपीसहित ८ प्रहरी संक्रमित

चितवन, १२ असोज । चितवनमा एक डिएसपीसहित ८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरूमा आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा कोरोना पुष्टि भएको हो । संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको प्रहरी उपरीक्षक नान्तिराज गुरूङले जानकारी दिए । उनीहरू कसैको पनि स्वास्थ्यमा समस्या नरहेको उनले बताए ।

यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो। चितवनमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board