२४ घण्टामा १३५१ जना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं, १२ असोज । नेपालमा बितेको २४ घण्टामा थप १३५१ जनामा कोरोना भाईरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको मन्त्रालयका प्रवक्ता गौतले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना संक्रमणमुक्त भई घर गएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको सरकारी तथ्यांक छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । आज १० हजार ८० जनाको पिसिआर परीक्षण गरिएको हो । त्यस्तै, देशभरि कुल सङ्क्रमित ७४,७४५ जना रहेका मन्त्रालयले जनाएको छ ।

थप ४ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै सरकारी तथ्यांक अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको हो ।

उपत्यकामा थप ८१७ जना संक्रमित, एकको मृत्यु
काठमाडौं उपत्याकामा बितेको २४ घण्टामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरका १३२ र भक्तपुरका ३६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । भक्तपुरकी ५१ बर्षीइा महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board