काठमाडौं, १२ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा आज भएको भेटवार्तामा पनि सहमति जुट्न सकेन । मन्त्रिपरिषद् पुनगर्ठनबारे समझदारी बनाउन दुई अध्यक्षबीच बिहीबारदेखि लगातार छलफल भइरहेको छ ।
आज साढे एक घण्टा दुई अध्यक्षबीच भएको भेटवार्तामा पनि ठोस सहमति बन्न नसकेको हो । छलफल जारी राख्ने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।
मन्त्रीमण्डल पुनर्गठनका लागि अपनाइने मापदण्डका बारेमा अध्यक्षद्वयबीच सहमति बन्न नसक्दा मन्त्रिमण्डल गठनमा ढिलाइ भएको छ । मन्त्रिमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रीहरुलाई निरन्तरता दिने मनस्थितिमा प्रधानमन्त्री ओली हुनुहुन्छ भने अध्यक्ष प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नया“लाई अवसर दिनुपर्ने पक्षमा रहेका छन् ।
COMMENTS